Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

इंग्ल्याण्डद्वारा अमेरिकालाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का

loading views..
Nepal Telcome

असार १०,पोखरा। समूह चरणको समीकरण तोड्दै इंग्ल्याण्डले सुपर आठमा स्थान पक्का गर्न  सफल भएको छ।  सुपर आठको पहिलो खेलमा वेस्ट इन्डिजलाई हराएपछि डिफेन्डिङ च्याम्पियनले दोस्रो खेलमा प्रोटिजलाई पराजित गर्दै सेमिफाइनलको यात्रा कठिन बनाएको थियो ।  तर सुपर आठको अन्तिम र तेस्रो खेलमा इंग्ल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

आइतबार राति टस जितेर ब्याटिङ गरेको अमेरिकाले इंग्ल्याण्डलाई ११६ रनको सहज लक्ष्य प्रदान गरेको थियो ।  जवाफमा इंग्ल्याण्डले ६२ बल र १० विकेटमा जित निकाल्न सफल भएको हो। यो सँगै उसले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।  किनभने, इंग्ल्याण्डले वेस्ट इन्डिज र दक्षिण अफ्रिकालाई फराकिलो जितका आधारमा उछिनेको छ ।

सहज लक्ष्य पछ्याएको इंग्ल्याण्डका दुई ओपनर जोस बटलर र फिल साल्टले सुरुदेखि नै उत्कृष्ट ब्याटिङ गरेका थिए ।  पावर प्लेमा इंग्ल्याण्डले दुवै ब्याटरले ६० रन बनाएका थिए ।अस्ट्रेलियाका तिब्र गतिका बलर प्याट कमिन्सले जारी विश्वकपमा आफ्नो पहिलो ह्याट्रिक गरेका छन् ।  उनले अमेरिकाविरुद्धको १९ औं ओभरमा पाँच बलमा चार विकेट लिएर यो उपलब्धि हासिल गरेका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link