पोखरा,जेठ २५ गते। नेपाली इतिहासको एक निर्णायक कालखण्ड हो जनयुद्ध, जसले मुलुकलाई सामाजिक, राजनीतिक र वैचारिक तहमा हल्लाइदियो र धेरै परिर्वतन हरु भए । ती दिनहरूमा बन्दुकले मात्रै होइन, विश्वास, त्याग, निष्ठा र विचारले पनि क्रान्तिको उज्यालो बाटो कोरिएको थियो।
तर आज, जब सशस्त्र आन्दोलनबाट जन्मिएका नेतृत्वहरूकै पार्टीभित्र कसले बन्दुक बोकेको हो, कसले होइन ? भन्ने प्रश्न उठ्छ, त्यहाँबाट एउटा गहिरो चिन्तनको थालनी हुन जरुरी देखिन्छ।
आजभोलि केही कार्यक्रममा, समन्वय बैठकहरूमा, वा भेला सम्मेलनहरूमा यस्तो सुन्न पाइन्छ
तपाईं माओवादी हो भने प्रमाण के छ? बन्दुक बोकेको हो कि होइन ?
यो प्रश्न सामान्य लाग्न सक्छ, तर यो आफैंमा एउटा संकुचित सोचको प्रतिबिम्ब हो
जहाँ क्रान्तिको मूल्यलाई केवल बन्दुकले मापन गरिन्छ।
स्मरण गरौं जनयुद्ध केवल लडाइँ थिएन, त्यो त एक वैचारिक आन्दोलन थियो।
कसैले मोर्चा समात्थे, कसैले औषधि दिन्थे उपचारमा लाग्थे , कसैले खबर पुर्याउँथे खबर लिएर आउथे , कसैले अन्न जुटाउँथे कसैले पकाउथे आ-आफ्नै मोर्चा थियो , कसैले संगित मीर्फत गाएर नाचेर जनजागरण फैलाउँथे।
सबै भूमिकाहरू एउटै लक्ष्यका लागि थिए – समानता, न्याय र समतामूलक समाज ।
के बन्दुक बोक्नु मात्र क्रान्तिमा सहभागिताको प्रमाण हो?
के कलमले लड्नेहरू, संकल्प बोकेका मनहरू, गाउँमा अभियान चलाउने कार्यकर्ता माओवादी होइनन्?
यदि माओवादीको प्रमाण बन्दुक बोक्नु मात्र ठानियो भने, त्यो दृष्टिकोणले हजारौं त्यस्ता समर्पित जनलाई अपहेलना गर्छ, जसले प्रत्यक्ष लडाइँ नगरे पनि जनयुद्धको हरेक पाटोमा आ-आफ्नो भूमिका निर्वाह गरेका थिए।
क्रान्तिको आत्मा विचार हो – बन्दुक त केवल एक उपकरण हो।
त्यो विचार जो निरन्तर अन्यायको विरुद्ध उभिन्छ,
जो आज पनि सत्ताको नाममा हुने भ्रष्टाचार र भ्रान्तिको विरोध गर्छ।
जो आज पनि जनताको पीडालाई आत्मसात् गर्छ।त्यसैले, आजको मुख्य प्रश्न यो हुनुपर्छ । हामीले त्यही विचार बोकेका छौं कि छैनौं
हामी जनयुद्धको मूल मर्मलाई सम्झिरहेका छौं कि बिर्सेका छौं?
बन्दुक बोकेको इतिहास महत्त्वपूर्ण अवश्य हो
तर अझ महत्त्वपूर्ण हो, अहिले हाम्रो बोली, व्यवहार र निर्णयमा त्यो विचार बाँचेको छ कि छैन। यदि बाँचेको छैन भने,
बन्दुक बोक्नु मात्रैले हामीलाई माओवादी बनाउँदैन।बन्दुक बोक्न नसक्नु गल्ती होइन बन्दुकको अर्थ बुझ्न नसक्नु गल्ती हो।जनयुद्धमा नहिँड्नु दोष होइन जनयुद्ध किन भयो, त्यो बिर्सनु दोष हो।
यदि माओवादीको परिभाषा बन्दुकमा मात्र सीमित भयो भने त्यसले जनयुद्धको नै अपमान गर्छ।किनकि त्यसमा हजारौं आवाज थिएनिर्दोष आमाबुबाको आँसु,विद्यालय छाडेका किशोरीका सपना,बस्ती छाडेरहिँड्न बाध्य नागरिकको साहस यी सबै पनि माओवादी आन्दोलनका भाग थिए ।क्रान्ति केवल बन्दुकले होइन विश्वासले जितिन्छ र त्यो विश्वास त भित्रैबाट आउँछ कहिल्यै चिच्याउनु पर्दैन
“ म बन्दुक मात्र हैन विचार बोकेको क्रान्तिकारी हुँ “
