Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

गोरखामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ ताकुकोट भालेढुङ्गामा फाल्गुन १९ गते देखि राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

श्री लालीगुरॅास युवा जागरण क्लवले आयोजना गर्न लागेको सहिद इन्द्रा थापा स्मृती कप २०७७ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५०,०७७ को साथमा कप, गोल्डेन मेडल तथा प्रमाणपत्र र द्वितीय पुरस्कार नगद रु २५,०७७ को साथमा कप, सिल्भर मेडल तथा प्रमाणपत्र रहेको छ । प्रतियोगिता FIVB को नियम अनुसार खेलाईने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा बेस्टप्लेयर , फियर टिम, बेस्टकोच, बेस्ट डिफेन्डर, बेस्ट स्काईप, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेष्ट सर्भरलाई समेत नगद पुरस्कार , कप , प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक सरोज थापाले जानकारी दिनुभएको छ ।

उक्त प्रतियोगिताको समापन समारोहको अबसरमा बारपाक सुलिकोटका प्रा बि,नि मा बि र मा बि स्तरिय बेलुन फुटाई , लेखन दौड, नक्सा दौड, मेमोरी गेम, ज्याब्लिङथ्रो, सटपुट खेलहरु पनि खेलाईनेछ।

फागुन १९ देखि २२ गते सम्म चल्ने प्रतियोगितामा सॅास्कृतिक ,मनोरन्जनात्मक प्रस्तुति साथै रोमान्चक परम्परागत खेलहरु समेत हुने आयोजकले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link